बारा–१ को प्रदेश सभा ‘क’मा एमाले र ‘ख’ मा जसपा विजयी

वीरगञ्ज – बाराको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा नेकपा एमाले र ‘ख’ मा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्।

क्षेत्र नम्बर १ को ‘क’मा एमालेका त्रिलोकी प्रसाद १६ हजार ७९८ मत ल्याइ विजयी भएका हुन्। उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ५२८ मतान्तरका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भए। त्रिलोकका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश दंगालले १४ हजार २७० मत प्राप्त गरे।

यस्तै प्रदेशसभा ‘ख’ मा जनता समाजवादी पार्टीका सरोज यादव विजयी भएका छन्। उनी आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ४ हजार ८४७ मतान्तरका साथ विजयी बनेका हुन्।

यादवका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका  नागेन्द्र साह कानुले ११ हजार ४० मत ल्याए।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्