रुपन्देही २ बाट एमाले उम्‍मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित

बुटवल– रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्‍मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन्।

विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका छन्।
सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत र स्वतन्त्र उम्‍मेदवार १ हजार २९ मत ल्याएका छन्। रुपन्देही–२ मा ८१ हजार २०२ मत खसेको थियो। मतगणनाको अन्तिम नतिजा घोषणा हुन बाँकी छ।

सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणनाका क्रममा लापरबाही र धाँधली गरेको भन्दै मतगणना बहिस्कार गरेपछि सहभागिताविना नै निर्वाचन कार्यालयले मतगणना थालेको थियो।

गठबन्धन र स्वतन्त्र पार्टीले मुचुल्कामा उल्लेख भएको र मतपेटिकामा भएको मतमा फरक देखिएको, हस्ताक्षर बिनाका मतपत्रहरू सदर गर्ने प्रयास गरेको भन्दै पुनस् मतदानको माग राख्दै मतगणनामा सहभागी भएका थिएनन्।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्