रुपन्देही– १ बाट एमाले उम्मेदवार छविलाल विश्वकर्मा निर्वाचित

बुटवल – रुपन्देही– १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन्।

विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरे।

विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरेका छन्। भुसालले एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको थियो।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्