नेदरल्यान्ड र इक्वेडरले बराबरी खेल्दा आयोजक कतार बाहिरियो

विश्वकप फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा युरोपियन जायन्ट नेदरल्यान्ड र साउथअमेरिकन प्रतिद्वन्दी इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँड्दा आयोजक कतार भने समूहचरणबाटै बाहिरिएको छ। लगातार दुई खेलमा पराजित भएको कतारको गणितिय सम्भावना पनि यि दुई राष्ट्रको बरारबी सँगै समाप्त भयो।

समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा नेदरल्यान्डले जारी प्रतियोगिताकै सर्वाधिक छिटो गोलको अग्रता बनाएपनि उसले उक्त अग्रता जोगाउन नसक्दा १-१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो।

डच टिमका लागि कोडी गाक्पोले  ५ मिनेट २ सेकेन्डमा गोल गर्दै जारी प्रतियोगिताकै सर्वाधिक छिटो गोल गरे। तर त्यसलाई जोगाउन डच टोली असफल रह्यो। पुर्णत खेल इक्वेडरको नियन्त्रणमा रहेको थियो।

विश्वकप फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा युरोपियन जायन्ट नेदरल्यान्ड र साउथअमेरिकन प्रतिद्वन्दी इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

इक्वेडरले खेलमा ४९ औ मिन्टमा बराबरी गोल गरेको थियो। उसका लागि इनर भ्यालेन्सियाले सानदार गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनले आफ्नो विश्वकप यात्रामा ६ खेलमा ५ गोल गरिसकेका छन्। उनले जारी विश्वकपमा मात्रै तीन गोल गर्दै सर्वाधिक गोल स्कोररको शीर्ष स्थानमा रहन् सफल भए।

त्यसअघि पहिलो हाफको अन्तिम समयमा इक्वेडरले गोल गरेपनि उक्त गोलले मान्यता पाएको थिएन्। त्यसोत इक्वेडरका केहि उत्कृष्ट प्रहार सफल हुन सकेनन्। दोस्रो हाफमा इक्वेडरले गरेको एक प्रहार बारमा लागेर बाहिरिदा सम्भावित जितबाट इक्वेडर बन्चित भएको थियो।

बराबरी पछि दुबै टिमको समान ४-४ अंक भएको छ। अन्तिम खेलमा दुबै टिमका लागि अन्तिम खेल निर्णायक हुने छ। अघिल्लो खेलमा कतार विरुद्व सेनेगलले पनि जित निकालेकाले अन्तिम खेलले नकआउटको तय गर्ने छ।

मंसिर ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्