नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो दिन आज केके हुँदैछ?

फाइल तस्बिर।

काठमाडाैँ- दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को दोस्रो दिन शनिबार दुई नाटकको चार मञ्चन र सुपशिद्ध भारतीय रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको मास्टरक्लास हुँदैछ।

शुक्रबारदेखि सुरु भएको महोत्सवमा शनिबार भारतको नाटक ‘देस्देमोना रुपकम’ मध्यान्ह १२ बजे र दिउँसो ४ बजे मञ्चन हुँदैछ।

अंग्रेजी, कन्नड र तामिलभाषी यस नाटकका निर्देशक अभिषेक मजुमदार हुन्।

यसैगरी, अर्को नाटक स्पेन र इटालीको संयुक्त प्रस्तुति ‘मिस्टर एण्ड मिसेस क्राफ्ट’ दिउँसो २ र ४ बजे मञ्चन हुँदैछ। नन भर्वल यस नाटकका निर्देशक पाब्लो दुरान रोजस डायना कोस्टा हुन्।

त्यस्तै, महोत्सवको आकर्षणको रुपमा रहेको अभिनेत्री शबना आजमीको मास्टरक्लस साँझ ७ः३० बजे हुँदैछ।

सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ मण्डला थिएटर थापागाउँ काठमाडौँमा भइरहेको महोत्सव आगामी मंसिर १७ सम्म चल्नेछ।

महोत्सवको शुक्रबार भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठले समुद्घाटन गरेका हुन्।

पहिलो दिन शुक्रबार नयनराज पाण्डेको कथामा आधारित दिया मास्के निर्देशित नेपाली नाटक ‘कथा कस्तुरी’ र अनिल सुब्बा निर्देशित नाटक ‘बुद्ध र भिकारी’ मञ्चन भएको छ।

पहिलो दिन बिहान ‘डिभाइजिङ अपेरेटिक ड्रामाटर्जी कार्यशाला’ साँझमा ‘ब्रिथ एण्ड बिट’ शीर्षकमा शलिल सुवेदी र नवरा गुरुङको साँगितिक कार्यक्रम पनि भएको थियो।

महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन्।

 

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्