युक्रेनका ६० लाख घरधुरीमा अझै पनि ब्ल्याकआउट: जेलेन्स्की

युक्रेनको डोनेट्स्क क्षेत्रमा शुक्रबार विद्युतका तार जोड्दै कामदार। तस्बिर : गेट्टी इमेज।

रुसले गरेको शृङ्खलावद्ध मिसाइल आक्रमणका कारण युक्रेनका ६० घरमा विद्युत आपूर्तिबाट वञ्चित भएका छन्।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार यो हप्ता रुसले गरेको आक्रमणका कारण हिउँदको चिसोमा सर्वसाधारण नागरिक न्यानो र प्रकाशको स्रोतबाट वञ्चित भएका हुन्।

जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनको क्रममा भनेका छन्, ‘किएभसहितका क्षेत्रमा ब्ल्याकआउट जारी छ।’

बुधबारयता ब्ल्याकआउटबाट प्रभावित घरधुरीको संख्या आधा कम भएको राष्ट्रपति जेलेन्स्कीले बताए। तर, अझै पनि दशौँ लाख मानिस विद्युत, पानी तथा तापको स्रोतबाट वञ्चित छन्।

पछिल्लो केही हप्तादेखि रुसले मिसाइल आक्रमणको निशाना ऊर्जा केन्द्रहरू तथा आधारभूत आवश्यकताका स्रोतहरूलाई बनाएको छ। केही समय पहिले जेलेन्स्कीले यसलाई ‘ऊर्जा आतंक’ भनेका थिए।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्