पुटिनले युक्रेन-युद्धमा खटिएका सैनिकका आमासँग गरे भेट

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोस्थित निवासमा युक्रेन युद्धमा खटिएका सैनिकका आमासँग भेट गरेका हुन्। तस्बिर : गेट्टी इमेज।

युक्रेन युद्धमा खटिएका तथा त्यसक्रममा ज्यान गुमाएका सैनिकका आमासँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हामीलाई पनि तपाईंहरूको पीडाका बारेमा थाहा छ’ भनेका छन्।

‘पुत्र गुमाउनुको पीडालाई अरू कुनै कुराले प्रतिस्पर्धात्मक गर्न सक्दैन’ पुटिनले आफ्नो सम्बोधनको क्रममा भनेका हुन्।

उनको सम्बोधन रुसको सरकारी सञ्चारमाध्यममा प्रशारण गरिएको थियो।

पुटिनसँगको भेटमा सहभागी भएका धेरै आमाहरू युक्रेनमा भइरहेको आक्रमणको पक्षमा रहेका छन्। आलोचकहरुले पुटिनसँगको वार्ताका लागि उनीहरूलाई निकै ध्यान दिएर छानिएको बताएका छन्।

रुसमा पछिल्लो समय रुसभित्रै युक्रेन आक्रमणको विपक्षमा आवाज बढ्दै गएको छ। आमाहरुको समूहले खुला रुपमा युक्रेन युद्धको विरोध गरिरहेका छन्। यहीबीचमा पुटिनले सैनिकका आमासँग बैठक गरेका हुन् ।

शुक्रबारको बैठकमा पुटिनले १७ आमालाई सम्बोधन गरेका हुन्। पुटिनले युक्रेन युद्धमा खटिएका सैनिकलाई ‘नायक’ का रुपमा चित्रित गरेका छन्।

अमेरिकी सैनिक जनरल मार्क मिलीका अनुसार गएको फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु भएयता करिब एक लाख रुसी तथा एक लाख युक्रेनी सैनिक मारिएको वा घाइते भएको बताएका छन्।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्