पोल्यान्डविरुद्ध अर्को सरप्राइज दिन चाहन्छ ‘साउदी अरेबिया’

विश्वकप फुटबलमा एसियन राष्ट्र साउदी अरेबिया र युरोपियन पावर हाउस पोल्यान्ड साँझ ६:४५ मा प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिताको दोस्रो खेलमा साउदी अर्को ‘सरप्राइज’ नतिजा निकाल्न मैदानमा उत्रिँदा पोल्यान्ड प्रतियोगितामा पहिलो जितको लक्ष्यमा रहेको छ।

समूह ‘सी’ अन्तर्गत हुने खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। उक्त मैदानमा पोल्याण्ड पहिलो जित सहित ४ अंक बनाएर नकआउटमा बलियो हुने लक्ष्यमा रहँदा साउदी लगातार दोस्रो जितसहित ६ अंक बनाएर नकआउटमा पुग्ने लक्ष्यमा रहने छ।

पोल्यान्ड पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिँदा साउदीले भने अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै इतिहास रचेको थियो।

यी दुई देशबीच अहिलेसम्म कुल ४ मैत्रीपूर्ण खेल भएका छन्। जसमा सबै ४ खेलमा पोल्यान्ड विजयी हुँदा पछिल्लो पटक १६ वर्षअघि एक-अर्काविरुद्ध २ टिम प्रतिस्पर्धा गरेका थिए।

२००६ मा भएको उक्त स्पर्धामा २-१ ले पोल्यान्ड विजयी भएको थियो। विश्वकपमा भने यि दुई टिमबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्