मेक्सिकोविरुद्ध अर्जेन्टिना ‘गर या मर’

काठमाडाैँ – विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिना शनिबार मध्यरातमा मेक्सिकोसँग प्रतिस्पर्धा गर्दै छ।

पहिलो खेलमा अप्रत्यासित रुपमा साउदीसँग २–१ ले स्तब्ध भएको अर्जेन्टिनाका लागि आजको खेलको हारले प्रतियोगिताबाट बाहिर पठाउनेछ। त्यसमध्ये मेक्सीकोविरुद्ध जितबाहेक अर्जेन्टिनासँग अरु विकल्प छैन। त्यसैले अर्जेन्टिना ‘गर या मर’का रुपमा मैदान उत्रिनेछ।

त्यसो त मेक्सिको पनि पहिलो जितमा खोजीमा छ। पहिलो खेलमा मेक्सिकोले पोल्याण्डसँग गोलरहित बराबरी खेलेकाले अर्जेन्टिनालाई हराउँदै नकआउटको सम्भावनालाई कायम राख्ने प्रयासमा हुनेछ। समूह ‘सी’ मा अंक विहीन अर्जेन्टिना पुछारमा छ।

मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा छ। अर्जेन्टिना र मेक्सिको अहिलेसम्म ३५ खेल भएको छ। जसमा अर्जेन्टिनाले १६ खेल जित्दा मेक्सिकोले १४ खेल जितेको छ।

त्यसो त अर्जेन्टिनाले पछिल्ला १० खेलमा मेक्सिकोसँग अपराजित छ। जसमा सन् २००४ को कोपा अमेरिकामा हासिल गरेको जित पनि समावेश छ। सन् १९३०, २००६ र २०१० मा भएका मेटमा पनि अर्जेन्टिनाले जित निकालेको थियो। विगत बलियो भए पनि पहिलो खेलको हारले झस्किएको अर्जेन्टिना सुरुवातमै अग्रता बनाउँदै प्रेसर कम गर्ने प्रयासमा हुनेछ।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्