जनप्रतिनिधिहरू जनताका नोरा हुन्ः मुख्यमन्त्री शाही

सिमकोट – प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले जनप्रतिनिधिहरू जनताका नोरा (पशुुवस्तुबाट बालीनाली बचाउनका लागि गाउँघरमा राखिने चौकीदार) भएको बताएका छन्।

उनीलगायत गठबन्धन दल पूर्णरूपमा जिल्लामा सफल भएपछि मतदातालाई धन्यवाद दिने कार्यक्रममा मुख्यमन्त्री शाहीले उक्त कुरा बताएका हुन्।

उनले मतदातालाई धन्यवाद दिँदै जसरी गाउँघरमा जग्गामा लगाएको बालीलाई बचाउन नोरा लगाउने चलन अहिले पनि भएको भन्दै जनताबाट चुनिने जनप्रतिनिधि पनि जनताका नोरा भएको बताए।

निर्वाचित भइसकेपछि को कुन पार्टीको भन्ने कुरा नै सकिएको भन्दै उनले आफ्ना लागि हुम्लावासी सबै जनता बराबर भएको बताए।

अब निर्वाचित भइसकेपछि सधँै जनताका पिरमर्कामा साथ दिने प्रतिबद्धता व्यक्त गर्दै उनले हुम्ली जनताको आफू सधँै ऋणी भएको बताए।

तीन वटा निर्वाचनमा लगातार जित्ने उनी एक्ला नेता पनि हुन्। जिल्लाका लागि बर्सेनि धेरै बजेट आउने तर त्यसमा निश्चित व्यक्तिको मात्र हालीमुहाली हुने भएका कारण बजेटको सदुुपयोग हुन नसकेको उनले बताए।

सडकलाई पहिलो प्राथमिकता दिनुुपर्नेमा उनले जोड दिए। जिल्लाको विकासका लागि बजेट अभाव नभएको तर त्यसको सही रूपमा उपयोग आवश्यक रहेको उनले बताए।

निर्वाचन परिणाम आइसकेका कारण अब विकासका लागि जिल्लाका सबै दल मिलेर जानुपर्ने अवस्था रहेको भन्दै उनले जनताले गठबन्धनले चाहेजसरी मत दिएको र अब काम गरेर देखाउने बेला आएको बताए।

आफ्नाविरुद्ध आफ्नै पार्टीका नेता र अन्तर्राष्ट्रियस्तर लागेको बताउँदै उनले त्यो भने खुलाएनन्। दुुई वर्षअगाडि उनले हुम्ला क्षेत्रमा पर्ने सिमानामा चीनले मिचेको भन्दै स्थलगत रूपमा अनुुगमनसमेत गरेका थिए।

एक अर्को प्रसंगमा उनले जिल्लाका रैथाने बाली उत्पादन वृद्धि गर्ने र किसानलाई बाली उत्पादन गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुु आवश्यक रहेको बताए।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुुल लामा, प्रदेश सभा क नम्बर क्षेत्रका निर्वाचित सदस्य रणसिंह परियार, कांग्रेस प्रतिनिधि सभामा समानुुपातिक सदस्यका उम्मेदवार, जयपति रोकाया, माओवादी केन्द्रका केन्द्रीय सदस्य छिमीदोर्जे लामा, कांग्रेस सभापति मोहनविक्रम सिंह, माओवादी जिल्ला संयोजक, डा दीपेन्द्र रोकाया, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसी, माओवादी हुम्लाका इन्चार्ज विजय भण्डारीले समेत कार्यक्रममा मतदातालाई धन्यवाद दिएका थिए।

यसअघि गठबन्धन दलले विजय र्यालीसमेत निकालेर मानसरोवर बहुुमुुखी क्याम्पसमा कार्यक्रम सञ्चालन गरेका थिए।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्