करेन्ट लागेर एक जनाकाे मृत्यु

दाङ – दाङमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १६ जहदागाउँ निवासी ४५ वर्षीय सुरेश डाँगीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
उनलाई शनिवार दिउँसो सवा ३ बजेको समयमा मलवारे कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
अहिले अनुसन्धान भइरहेको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।