माओवादी नेता पुन स्वास्थ्य उपचारका लागि चीन जाने, राजनीतिक भेटघाट पनि हुन सक्ने

फाइल तस्बिर

काठमाडौँ – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्य उपचारका लागि केही दिनमै चीन जाने भएका छन्।

गत वर्ष थाइल्याण्ड र चीनमा गरेर चार महिना लामो उपचारबाट फर्किएका पुन स्वास्थ्यमा फेरि समस्या देखिएपछि त्यसतर्फ जाने भएका हुन्।

रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित उनी मतणना नसकिँदै काठमाडौँ आएर आराम गरिरहेका छन्। जण्डिस रोगबाट पीडित नेता पुनलाई गत वर्ष असोज १३ गते उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका थिए।

त्यहाँ निको नभएपछि उनलाई २०७८ मंसिर १० मा चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगेर उपचार गरिएको थियो।

चीनको उपचारले उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको थियो। उपचारका क्रममा उनले चीनका उच्च तहका राजनीतिक नेतृत्वसँग कुराकानी गर्ने संभावना छ।

नेपालमा वामपन्थीहरु एक ठाउँमा उभिन चीनले दबाब दिँदै आएको छ। तत्कालीन नेकपा विभाजनबाट रोक्न पनि उसले हर संभव कोसिस गरेको थियो।

यसपटक पनि पुनको उपचारसँगै वामपन्थी दल एक ठाउँमा ल्याउने विषय कुराकानी हुनसक्ने बताइन्छ।

मंसिर १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्