स्क्विड गेमका अभिनेता ओ योङ-सुमाथि यौन दुर्व्यवहारको आरोप

फाइल तस्बिर।

दक्षिण कोरियाका न्यायिक अधिकारीहरूले नेटफ्लिक्सको लोकप्रिय शो ‘स्क्विड गेम’का अभिनेता ओ योङ-सुलाई यौन हिंसाको मुद्दामा दोषी ठहर गरेको बताएका छन्।

अधिकारीहरूका अनुसार ७८ वर्षीय अभिनेतामाथि वर्ष २०१७ मा एक महिलालाई गलत रूपमा छोएको आरोप लगाइएको थियो।

यद्यपि ओ योङ-सुले यी आरोपहरूलाई अस्वीकार गरेकाे दक्षिण काेरियाका सञ्चारमाध्यमहरूले जनाएका छन्।

यस वर्षको सुरुमा दक्षिण कोरियाली अभिनेता ओ योङ-सुले गोल्डेन ग्लोब अवार्डमा ‘बेस्ट सपाेर्टिङ एक्टर’ प्राप्त गरेका थिए। यो सम्मान पाउने उनी पहिलो दक्षिण कोरियाली अभिनेतासमेत हुन्।

पीडितले ओविरुद्ध गत वर्ष डिसेम्बरमा उजुरी दिएकी थिइन् तर ओविरुद्धको आरोपको छानबिन नगरी यो वर्षकाे अप्रिलमा मुद्दा बन्द गरिएको थियो।

‘पीडितको पुनरावेदनमा’ अभियोजन पक्षले मुद्दा पुनः खोलेको र मुद्दाको अनुसन्धान फेरि सुरु भएको काेरियाका सञ्चारमाध्यमले जनाएका छन्।

मुद्दामा ओ अभियुक्त भए पनि अहिलेसम्म उनी पक्राउ परेका छैनन्।

समाचार एजेन्सी एएफपीका अनुसार यी आरोपहरू बाहिर आएपछि दक्षिण कोरियाको संस्कृति मन्त्रालयले ओ योङ-सुलाई चित्रित गर्ने सरकारी विज्ञापनको प्रसारणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

मंसिर ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्