राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

सांकेतिक तस्बिर।

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ।

शुक्रबार बिहान ११ बजे नै आगलागी भएको भए पनि केही ढिला गरी जानकारी पाएको चितवन प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको हो। घटनामा कार्यालयभित्र रहेका केही सरसामान जलेको तर धेरै क्षति भने नभएको प्रहरीले जनाएको छ।

आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्सी, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ।

मंसिर ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्