स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सांकेतिक तस्बिर

‍काठमाडौँ – स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आज बुद्ध एयरको विमानबाट काठमाडौँदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।

पक्राउ परेका अलीसँग एक हजार दरका चार सय ८४ थान र पाँच सय दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरेको छ। अलीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मंसिर ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्