समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो !

निर्वाचन आयाेग।
काठमाडौँ – प्रतिनिधिसभातर्फको समानुपातिक मततर्फ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा आएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) पहिलो स्थानमा रहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ।
समानुपातिक तर्फ ९० लाख ९८ हजार २ सय ६८ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४९ हजार २ सय ८३ मत हासिल गरी तेस्रो स्थान बनाएको छ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को २४ लाख ७९ हजार ९ सय मत प्राप्त गरेको छ भने कांग्रेसको २३ लाख ५७ हजार ८ सय १७ मत आएको छ।