आगामी तीन दिनकाे माैसम पूर्वानुमान यस्ताे

काठमाडौँ उपत्यकाको भौगोलिक अवस्थाले गर्दा वायु प्रदूषण बढाउन सहयोग गरेको विश्लेषण पनि गरिन्छ । वरपर डाँडाले घेरिएको र खाल्डोमा रहेको उपत्यकामा हिउँदमा वायु प्रदूषण पछिल्ला वर्षको प्रमुख समस्या बन्दै गएको छ। तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार।

काठमाडाैँ- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

देशका उच्च पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार दिउँसाे देशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्