दंगीशरणमा शव फेला

सांकेतिक तस्बिर ।

दाङ- दाङको दंगीशरणमा एक जनाको शव फेला परेको छ। दंगीशरण गाउँपालिका- ३ एकलीमा मृत अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले बताएको छ।

उक्त शव दंगीशरण गाउँपालिका वडा नं. ६ निवासी ३५ वर्षीय किमन्द्र बुढाको रहेको प्रहरीले जानकारी दिएको छ।

बुढा गत ४ दिनदेखि सम्पर्कविहीन भएका थिए। स्थानीयले आइतबार बिहान शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

यस्तै, पश्चिम दाङमा एक मानव कंकाल फेला परेको छ। शान्तिनगर गाउँपालिका वडा- ७ गैरातिल्वारी स्थित बबई नदी किनारको बालुवामा मानव कंकाल फेला परेको इलाका प्रहरी कार्यालय, खिलतपुरका प्रमुख मान वहादुर विसीले जानकारी दिए।

कंकालको पहिचान हुन नसकेको र उक्त कंकाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्