सुनसरी- १ काे प्रदेशसभा ‘ख’मा एमालेका विजयकुमार राई विजयी

फाइल तस्बिर।

माेरङ- सुनसरी क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार विजयकुमार राई निर्वाचित भएका छन्।

धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचित राईले १२ हजार ४६५ मतसहित पहिलोपटक प्रदेशसभामा प्रवेश पाएका हुन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा लामो समय विद्यार्थी राजनीति गरेका ५१ वर्षीय राईले दोस्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४ हजार ९८३ मतको अन्तरले पराजित गरे।

२८ वर्षीय ढकालले ७ हजार ४८२ मत पाए।

त्यसैगरी, स्वतन्त्रबाट उम्मेदवारी दिएका रोहित सुब्बा मतपरिणाममा ६ हजार ८३९ मतसहित तेस्रो स्थानमा पुगे।

यस क्षेत्रमा सत्तारूढ गठबन्धनतर्फ एकीकृत समाजवादीका उम्मेदवार रेवतीरमण राई चौथो भए। उनले ४ हजार ९ सय ८८ मत पाएका छन्।

क्षेत्र नम्बर १ को प्रदेश सभा २ तर्फ कुल मतदाता संख्या ७० हजार ५३८ मतदाता रहेका छन् ।

सुनसरी निर्वाचन अधिृकतको कार्यालयका अनुसार यस क्षेत्रमा कूल मतदाताको ५५.७४ प्रतिशत गरी ३९ हजार ३२२ मत खसेको थियो।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्