काठमाडौँ – दोलखाका १० मतदान केन्द्रमा यहि मंसिर १५ गते पुनः मतदान हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय दोलखाले सोमबार बिहान दलहरूसँगको छलफलपछि मतदानको मिति तोकेको हो।

निर्वाचन आयोगले आइतबार विवादित १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गर्दै मिति तोक्न निर्वाचन अधिकृतको कार्यालयलाई अधिकार दिएको थियो।

आइतबार बसेको आयोगको बैठकले धाँधली भएको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई फेरि चुनाव गराउन निर्देशन दिएको थियो। धाँधली भएको उजुरी परेपछि आयोगले सहसचिव आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको स्थलतग अध्ययन टोलीले खटाएको थियो।

टोलीले पुनः मतदानमै जाँदा उपयुक्त हुने रायसहितको प्रतिवेदन दिएपछि आयोगले पुन मतदान गर्ने निर्णय गरेको हो । सोमबार जिल्ला निर्वाचन कार्यालय दोलखाले मंसिर १५ गते पुनः मतदानका लागि मिति तय गरेको हो ।

कहाँ कहाँ हुनेछ पुनः मतदान?

१) बैत्यश्वरको वडा नं. ६ क,ख,ग मतदान केन्द्र
२) वैत्यश्वरको ३ कालिढुङ्गा क,ख,ग मतदान केन्द्र
३) बैत्यश्वर २ को जनज्योति क,ख मतदान केन्द्र
४) तामाकोसीको हेल्थपोस्ट क, ख मतदान केन्द्र

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्