धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प

सांकेतिक तस्बिर।

काठमाडाैँ- धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर साेमबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमवल सात रेक्टरस्केलको भूकम्प गएको थियो।

केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्