चुनावी परिणाम स्वीकार्य छैन, कानुनी उपचार खोज्छु : झलनाथ खनाल

फाइल तस्बिर।

काठमाडौँ – एकीकृत समाजवादीबाट इलाम क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार बनेका झलनाथ खनालले आफूलाई चुनावी परिणा स्वीकार्य नभएको बताएका छन्।

आइतबार सकिएको गणनामा खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका थिए। खनालले २३ हजार ८९ मत पाउँदा विजय हुने बस्नेतले २५ हजार ७५३ भोट पाएका छन्।

उनले खसेको भन्दा धेरै मत बाकसमा पाइएको भन्दै पुनःमतदानको माग गरेका गरे पनि निर्वाचन अधिकृतको कार्यालयले गणना गरेर परिणाम सार्वजनिक गरेको छ। त्यसप्रति विमती राख्दै खनालले परिणाम नमान्ने र कानुनी उपचार खोज्ने जनाएका छन्।

विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमालेका कार्यकर्ताले समेत आफूलाई मत दिएको भन्दै खुशी व्यक्त गरेका छन्। ‘निर्वाचनको क्रममा नेकपा (एमाले) का कैयौं नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुले समेत मलाई मतदान गर्नुभएको छ। म ती संविधान, अग्रगति र समाजवादका पक्षधर कमरेडहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु, उनले भनेका छन्।

यस्तो छ खनालले सार्वजनिक गरेको विज्ञप्ति

यहि २०७९ साल मंसिर ४ गते मुलुकमा प्रतिनिधि सभा र प्रदेश सभाको देशव्यापी निर्वाचनको सिलसिलामा म उमेदवार रहेको इलामको निर्वाचन क्षेत्र नं १ को मतगणना कार्य निर्वाचन आयोगले सम्पन्न भएको घोषणा गरेको छ । त्यस निर्वाचनको प्रक्रियामा म नेकपा ९एकीकृत समाजवादी०, नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० को तर्फबाट साझा उमेदवारको रुपमा रहेको थिएँ । तर हाम्रो गठबन्धनको टिमलाई हराउन र इलामेली जनताको भावना माथि कुठाराघात गर्न केही तत्वहरू सुरु देखिनै लागि रहेका थिए । ती सबै दुष्प्रयत्नहरुको वावजुत इलाम क्षेत्र नं १ ९क० र ९ख० मा क्रमश खिनु लिङ्वा लिम्बू र शमशेर राईले प्रदेश सभामा विजय प्राप्त गर्नुभएको छ । साथै, इलाम क्षेत्र नं २ ९क० मा गठबन्धनका साझा उम्मेदवार गोविन्द गिरीले पनि विजय प्राप्त गर्नुभएको छ । म उहाँहरु सबैलाई हाम्रो पार्टीको र मेरो आफ्नो तर्फबाट हार्दिक वधाई ज्ञापन गर्न चाहन्छु ।
प्रतिनिधिसभाका दुवै सिटमा भने निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरेपनि त्यसमा गम्भीर विवाद रहेको कुरा पनि प्रष्ट पार्न चाहन्छु । मतदानको प्रक्रिया शुरु देखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्ने मा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ । ती मतपत्रहरु कसरी गायब भए ? ती मतपत्रहरु कतिपय बाकसमा कसरी बढी हुन पुगे ? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन । त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन । यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ । यी सबै कुराका बाबजुद इलामेली जनताले यसपटकको निर्वाचनमा उत्साहपूर्वक भाग लिनु भएको छ, गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नुभएको छ र मलाई मात्र पनि २३०८९ मत प्रदान गर्नुभएको छ । मलाई यसरी मतदान गर्ने सम्पूर्ण मतदाता, आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुलाई म हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।
यो निर्वाचनमा मेरो अभियानको पक्षमा

लागेर रातोदिन खट्नु हुने हाम्रो पार्टी नेकपा ९एकीकृत समाजवादी० का सम्पूर्ण नेता,
कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।

यो निर्वाचनमा गठबन्धनका उम्मेदवारको पक्षमा दृढ भएर खट्नु भएका नेपाली कांग्रेसका नेता,
कार्यकर्ता, समर्थक र शुभेच्छुक सबैलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु ।

त्यसरी नै यो निर्वाचनका क्रममा गठबन्धनको पक्षमा सुरुदेखि अन्त्यसम्म दृढ भएर खट्नु हुने नेकपा ९माओवादी केन्द्र० का नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु ।

त्यसरी नै यो निर्वाचनको क्रममा नेकपा ९एमाले० का कैयौं नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुले समेत मलाई मतदान गर्नुभएको छ । म ती संविधान, अग्रगति र समाजवादका पक्षधर कमरेडहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । त्यस्तै अन्य कतिपय साना पार्टीका साथिहरुले समेत मलाई समर्थन गर्ने र मत दिने काम गर्नुभएको छ । म वहाँहरुको योगदानलाई पनि धन्यवाद दिन चाहन्छु ।

साथै, यो निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित ढंगले सम्पन्न हुन सकोस् भनेर सबै मतदान केन्द्रहरु र मतदान स्थलहरुमा रातोदिन खट्ने राष्ट्रसेवकहरु, म्यादी प्रहरीहरु, जनपथ प्रहरीहरु, सशस्त्र प्रहरीहरु र नेपाली सेनालाई पनि म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।
अन्त्यमा, यो निर्वाचनका क्रममा देखापरेका कमीकमजोरीहरु, त्रुटि र गल्तीहरुलाई उपयुक्त प्रक्रियाबाट सच्याइने छ र संविधान बमोजिम लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रिया स्थापित गरिनेछ भन्ने कुरामा मलाई विश्वास छ ।

साथै, यस पटकको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले इलाम जिल्लालाई सुखी र समृद्ध जिल्लाका रुपमा रुपान्तरण र विकास गर्न एकताबद्ध भएर अघि बढ्नु हुनेछ भन्ने आशा र अपेक्षा पनि गर्दछु । धन्यवाद१
१२ मंसिर, २०७९
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा
सम्मानित नेता नेकपा (एकीकृत समाजवादी)

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्