विश्वकप फुटबलः क्यामरुन र सर्वियाले ३–३ को बराबरी खेले

काठमाडौँ – कतारमा जारी विश्वकप फुटबलमा क्यामरुन र सर्वियाले अंक बाँडेका छन्। कतारको अल जानौब स्टेडियममा भएको खेलमा क्यामरुन र सर्वियाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

क्यामरुनका लागि जन चार्ल्स क्यास्टेलेटोले खेलको २९ औँ मिनेट गोल गर्दै अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा दुई गोल फर्काउँदै सर्वियाले क्यामरुनलाई २–१ गोलले पछि पारेको थियो। सर्वियालाई अग्रता दिलाउन स्ट्राहिन्जा पाब्लोभिक र सर्गेज मिलिन्कोभिचले गोल गरेका थिए।

यस्तै, खेलको ५३ औँ मिनेटमा अलेक्जेन्डर मित्रोभिचले सर्वियाका लागि तेस्रो गोल गरेका थिए। तर त्यसको केही मिनेटमा दुई गोल फर्काउँदै क्यामरुनले खेल बराबरीमा ल्याएको थियो। क्यामरुनका लागि खेलको ६३ औँ मिनेटमा भिन्सेन्ट आबुबकार र ६६ औँ मिनेटमा चौकोमोटिङ गोल गरेका थिए।

पहिलो खेलमा सर्विया ब्राजिलसँग २–० ले पराजित भएको थियो भने क्यामरुन स्वीट्जरल्याण्डसँग १–० ले पराजित भएको थियो।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्