सिके राउतको जनमत पार्टीलाई पनि ३ प्रतिशत मत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत। फाइल तस्बिर।
काठमाडौँ- डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि समानुपातिकतर्फको मतगणनामा तीन प्रतिशत मत ल्याएको छ। 0
समानुपातिकको ९४ लाख ६२ हजार ९०८ मत गणना हुँदा उसले २ लाख ८४ हजार ८६८ मत पाएको छ जुन ३ प्रतिशत मत हो।
तीन प्रतिशतको मत सम्पूर्ण मतगणनामा कायम नै राखे जनमत पार्टीले समानुपातिकतर्फ चार सिट पाउनेछ।
प्रत्यक्षतर्फ उक्त पार्टीबाट एक सिट जितेको छ। अध्यक्ष राउतले सप्तरी २ बाट चुनाव जितेका हुन्।
मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्