सुनसरी– ३ मा एमाले उम्मेद्वार भगवती चौधरी ४ हजार बढी मतले अग्रता

माेरङ – सुनसरीको क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमाले उम्मेद्वार भगवती चौधरीले ४ हजार बढी  मतले अग्रता लिएकी छन् ।
२०७४ सालको निर्वाचनमा पराजय ब्यहोरेकी चौधरीले जारी गणनामा गठबन्धनतर्फका उम्मेदवार विजयकुमार गच्छदारलाई ४ हजार ८ सय २४ मतान्तरले पछाडि पारेकी छिन् ।

चौधरीले ३३ हजार ४ सय ७९ मत हासिल गरेकीछिन्। त्यसैगरि गणनामा दोस्रो स्थानमा रहेका विजयकुमार गच्छदार २८ हजार ६ सय ५५ मत प्राप्त गरेकाछन् । त्यसैगरि, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले तेस्रो स्थानमा रहदैं ६ हजार १ सय ९५ मत पाएकाछन्।

१ लाख २५ हजार ४ सय ३२ मतदाता रहेको यसक्षेत्रमा ९२ हजार ५ सय ३५ मत खसेको छ। हालसम्म ७६ हजार २ सय ९३ मत गणना भएकोमा ७२ हजार २ सय ५६ मत सदर भएको छ । जसमा ४ हजार ३७ मत बदर भएको छ ।

मंसिर १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्