पाँचपटकको विश्व विजेता ब्राजिल विश्वकपको नकआउट चरणमा

पाँचपटकको विश्वविजेता ब्राजिल कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणका दुई खेलमा लगातार जित निकाल्दै ब्राजिलले एक खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान बनाएको हो ।

सोमबार राति भएको खेलमा दक्षिण अमेरिकी देश ब्राजिलले युरोपेली देश स्वीट्जरल्याण्डलाई १ ० ले पराजित गरेको हो । ब्राजिलको जितमा ८३ औँ मिनेटमा कासेमिरोले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि रोड्रिगोले सहयोग गरेका थिए ।

लगातार दुई खेलमा जित निकालेको ब्राजिलको ६ अंक भएको छ । पहिलो खेलमा उसले सर्बियालाई पराजित गरेको थियो । अब उसले समूह चरणमा क्यामरुनसँग खेल्न बाँकी छ ।

मंसिर १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्