भाेट खसिसकेपछि जनप्रतिनिधिकाे काम सुरु हुने भन्दै रवि लामिछानेले गरे प्रगति विवरण सार्वजनिक

फाइल तस्बिर।

काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन- २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले चार दिनमै प्रगति विवरण सार्वजनिक गरेका छन्।

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रगति विवरण सार्वजनिक गरेका हुन्।

भोट खसालेपछि जनताकाे काम सकिने र जनप्रतिनिधिकोको काम सुरु हुने बताउँदै उनले प्रगति विवरण सार्वजनिक गरेका हुन्।

लामिछानेले आफू निर्वाचित भएको क्षेत्रमा विद्युत पुग्न बाँकी रहेका स्थानमा छिट्टै विद्युत् विस्तार हुने उल्लेख गरेका छन्।

लामिछानेका अनुसार इच्छाकामना गाउँपालिकाकाे २, ३, ४, ५, ६ र ७ वडाका विद्युत नपुगेका स्थानमा यही महिनाभित्र क्रमश: टेन्डर आह्वान गरी विद्युत लाइन विस्तार हुने भएकाे हाे।

यसैगरी, उनले कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातकाे अवस्था, भण्डारण र वितरणकाे अवस्था निरीक्षण गरेकाे पनि बताएका छन्।

मंसिर १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्