लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्बन्धी सम्झौता

काठमाडौँ – निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यतासम्बन्धी एक समारोहबीच सम्झौता सम्पन्न भएको छ।

यही मंसिर ११ गते सम्पन्न सोसम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरे।

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पुर्‍याइरहेको सनफार्मरसँग सहकार्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए।

संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन् २०१४ देखि नेपालमा ४ सयभन्दा बढी सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ।

मंसिर १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्