समानुपातिकतर्फ कुन दलले कति मत ल्याए?

काठमाडाैँ- समानुपातिक निर्वाचन प्रणालीतर्फ झण्डै एक करोड मत गणना भएको छ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान ७ बजेसम्म ९९ लाख ९३ हजार ५६८ मत गणना हुँदा नेकपा एमाले पहिलाे स्थानमै छ।

एमालेले २६ लाख ९४ हजार १२४ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको २५ लाख ४८ हजार ७७८ मत छ।

यसैगरी, तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ४३ हजार ५०३ मत छ भने चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ९८ हजार १७१ मत छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०१ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ३ लाख ८८ हजार ४८२ मत छ।

यस्तै, जनमत पार्टीले ३ लाख ४६ हजार ९७० मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ८१ हजार ३४८ मत पाएको छ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीले नागरिक उन्मुक्ति पार्टीले २,४७,७०१, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १,४७,९२४, नेपाल मजदुर किसान पार्टीले ७३,५९३, हाम्रो नेपाली पार्टीले ५३,९२०, मंगोल नेसनल अर्गनाइजेसनले ४७,८०४ मत ल्याएकाे छ।

कुनै पनि राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउन कुल सदर मतको ३ प्रतिशत कटाउनुपर्ने व्यवस्था छ।

मंसिर १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्