उदयपुर-१ मा कांग्रेसका डा. नारायण खड्का विजयी

फाइल तस्बिर।

काठमाडाैँ- उदयपुर- १ मा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी भएका छन्।

परराष्ट्रमन्त्रीसमेत रहेका खड्काले ३१ हजार २७० मत ल्याइ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार ८९१ मत ल्याइन्।

यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो। मतपरिणामअनुसार राप्रपाका ध्रुवकुमार रायमाझीले तीन हजार ९१५ मत ल्याए।

यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा. खड्काको पुरानै प्रतिस्पर्धी हुन्।

मंसिर १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्