सप्तरीमा बेपत्ता भएका राउतकाे हत्या

सांकेतिक तस्बिर

राजविराज- सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरूप नगरपालिका-१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ।

उनको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मंगलबार फेला परेको हो।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए।

बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए।

‘तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ’, उनले भने।

मंसिर १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्