सुनसरी- ४ मा कांग्रेसका ज्ञानेन्द्र एमालेका जगदीशभन्दा ३२८ मतले अगाडि

फाइल तस्बिर।

माेरङ- सुनसरी-४ नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै गरेका छन्।

बाम-लाेकतान्त्रिक गठबन्धनका कार्कीले  एमालेका उम्मेदवार जगदीश कुसियैतलाई ३२८ मतले पछि पारेका हुन्।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता समेत रहेका कार्कीले २६ हजार ५६३ मत ल्याउँदा कुसियैतले २६ हजार २३५ मत प्राप्त गरेका छन्।

मतगणना दुई दिन रोकिएर पुनः सुरु भएकाे थियाे।

मतगणना जारी नै छ।

 

मंसिर १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्