माेरङमा सवारीसाधनकाे ठक्करबाट एक साइकलयात्रीकाे मृत्यु

सांकेतिक तस्विर

माेरङ- माेरङमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मंगलबार राति एक साइकलयात्रीको मृत्यु भएको छ।

जिल्लाकाे कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना हुँदा पथरीशनिश्चरे नगरपालिका-१० का ४३ वर्षीय युवराज खत्रीको मृत्यु भएको हो।

साइकलमा पूर्व-पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गर्दा पहिचान नखुलेकाे साधनले राति ९:३० बजेतिर साइकलयात्री खत्रीलाई ठक्कर दिएकाे थियाे।

दुर्घटनापश्चात् गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि पथरी अस्पताल लगिएकाे थियाे। अस्पताल लग्दाबित्तिकै चिकित्सकले मृत घोषित गरेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले बताए।

दुर्घटनाबारे अनुसन्धान भइरहेकाे छ।

मंसिर १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्