मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

सांकेतिक तस्विर

काठमाडाैँ- मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा बुधबार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया-५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गएराति धरान-चतरा सडकखण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २-०३-०१८ प २५५७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो।

दुर्घटनामा सख्त घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा आज उनको मृत्यु भएको बताइएको छ।

मंसिर १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्