सुनसरी ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ६५ मतले अगाडि

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनतर्फका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ६५ मतको अन्तर कायम राखेका छन्।

इनरुवा नगरपालिकास्थित भगवती माविमा जारी मतगणनामा सञ्चारमन्त्री कार्कीले २७ हजार ६ सय ८५ मत हासिल गरेका छन्।

त्यसैगरी, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले २७ हजार ६ सय २० मत प्राप्त गरेका छन् ।

हाल बराह क्षेत्र नगरपालिका–११ र भोक्राह नरसिंह गाउँपालिका–७ को मतगणना भइरहेको छ। यसपछि अन्तिम दुई वटा वराहको १० नम्बर र कोसी गाउँपालिकाको ६ नम्बर वडाको मतगणना हुनेछ।

मंसिर १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्