अमेरिकासँगकाे हारमा उत्सव मनाएकाे भन्दै सुरक्षाकर्मीले गरे एक इरानीकाे हत्या: रिपाेर्ट

मेहरान समककाे टाउकाेमा गाेली हानी हत्या गरेकाे बताइन्छ।

विश्वकप फुटबलमा इरान अमेरिकासँग पराजित भएपछि उत्सव मनाउने क्रममा सुरक्षाकर्मीले गोली हानेर एक इरानीको हत्या गरेको दाबी गरिएको छ।

ती इरानीकाे नाम मेहरान समक रहेकाे बिबिसीले जनाएकाे छ।

बिबिसीका अनुसार उत्तरी इरानमा सरकार विरोधी प्रदर्शनकारीहरूले सार्वजनिक रूपमा देशको फुटबल टोली विश्वकपबाट बाहिरिएकोमा उत्सव मनाइरहेका थिए।

धेरै इरानीहरूले कतारमा आफ्नो फुटबल टोलीलाई समर्थन गर्न अस्वीकार गरेका थिए।

इरानको सरकारी मिडियाले टोलीमाथि अनावश्यक दवाव दिएकाे भन्दै देशभित्र र बाहिरका विपक्षी शक्तिहरूले दोष दिइरहेको छ। समूह चरणको अन्तिम खेलमा इरानको टोली अमेरिकासँग १–० ले पराजित भएको थियो।

खेलाडीहरूले पनि देशमा प्रदर्शनकारीहरूसँग ऐक्यबद्धता जनाउन इङ्गल्याण्डसँगको पहिलो खेलअघि राष्ट्रिय गान गाउन अस्वीकार गरेका थिए।

१० साताअघि महसा अमिनी नामकी २२ वर्षीया युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा देशभर प्रदर्शन भइरहेको छ।

युवतीले राम्रोसँग हिजाब नलगाएको भन्दै हिरासतमा लिइएको दाबी गरिएको थियो। तर, इरानी प्रशासनले अमिनीको हृदयघातका कारण मृत्यु भएको जनाएको छ।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्