लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घेराउमा परे

दाङ- लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी घेराउमा परेका छन्।

वडाअध्यक्षसहित कार्यपालिका सदस्य र आन्दाेलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीकाे सरुवाकाे माग राख्दै लमही नगर विकास समिति घेराउ गरेका हुन्।

आन्दाेलनमा उत्रिएकाहरुले डाँगीकाे नेम प्लेटसमेत ताेडफाेड गरेका छन्।

डाँगी नगर विकास समितिकाे क्वाटरमा बसेकाे सूचना पाएपछि आन्दाेलनरत पक्ष घेराउमा पुगेका हुन्।

गत आइतबारदेखि नै उनीहरू कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दाेलनमा उत्रिएका छन्।

मनाेमानी रूपमा प्रमुख प्रशासकीय अधिकृतले काम गरेकाे भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दाेलनमा छन्।

सरुवा भएको केही हप्ताभित्र पुनः लमही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा हाजिर गरेपछि आन्दाेलन चर्किएको हाे।

सुरुवाती चरणबाट विवादित छविका डाँगीकाे सरुवा नहुँदासम्म आन्दाेलन जारी रहने वडा नम्बर १ का वडाअध्यक्ष दामाेदर पाैडेलले जानकारी दिए।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्