विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ हुँदै

काठमाडौँ – नेपाल उद्योग परिसंघ प्रदेश १ ले विराटनगरमा माघ १९ गतेदेखि २८ गतेसम्म सिएनआई एक्स्पो २०२३ आयोजना गर्ने भएको छ।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १९ गतेदेखि २८ गतेसम्म हाइड्रो, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्बन्धित व्यापार मेला सिएनआई एक्स्पो २०२३ आयोजना गर्न लागेको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा प्रदेश १ परिसंघका सदस्य गिरिजा सार्दले अन्य एक्स्पोभन्दा सिएनआई एक्स्पो २०२३ फरक ढंगले गर्न खोजेको बताए।

उनले एक्स्पो कुनै एउटा क्षेत्र मात्र नभई धेरै क्षेत्रलाई समेटेर प्रदेश १ मा ठूलो एक्स्पो आयोजना गर्न लागेको बताए।

उनले एक्स्पोमार्फत उद्योग परिसंघमा एउटा क्षेत्रको मात्रै संलग्नता छैन, समग्र सबै क्षेत्रको सहभागिता रहेको देखाउन खोजिएको बताए।

उनले एक्स्पोमा भारतीयलाई समेत बोलाउने प्रयास भइरहेको बताए। उनले मेलामा करिब ४ हजार मानिसलाई सहभागिता गराउने उद्देश्य रहेको बताए।

उनले मेलामा ५० करोड भन्दा बढीको व्यापार हुने अपेक्षा रहेको बताए। उनले एक्स्पो १० दिनसम्म हुने बताए। उनले मेलामा ३५० वटा स्टल राखिने जानकारी दिए। स्टलमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने आयोजकले जनाएको छ।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्