स्याङ्जा–२ः अग्रता बढाउँदै धनराज

फाइल तस्बिर

पोखरा – स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङले मतान्तर बढाइरहेका छन्।

पछिल्लो मतपरिणामअनुसार गुरुङ नेकपा एमालेकी पद्मा अर्यालभन्दा १ हजार ९२३ मतान्तरले अगाडि छन्।

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले ८ हजार ९६७ मत पाउँदा एमाले सचिव अर्यालयको ७ हजार ४४ मत छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार ९९ पाएका छन्।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्