रेडियो कर्णाली आवाजकाे भवन निर्माण सुरु

सिमकोट – विकटमा सञ्चालन गर्दै आएको सामुदायिक रेडियो कर्णाली आवाजले आफ्नै भवन बनाउन सुुरु गरेको छ।

भाडाको घरमा सञ्चालन हुँदै आएको उक्त एफएम रेडियोले आफ्नै भवन निर्माण गर्न लागेको हो। रेडियोका स्टेसन म्यानेजर नवराज महताराले रेडियोको आन्तरिक स्रोतबाट नयाँ आठ कोठे दुुई तले भवन निर्माण गर्न लागिएको बताए । उनले नितान्त रेडियोको आफ्नै आम्दानीलाई जग्गा र नयाँ भवन बनाउने कार्य सुुरु भएको बताए।

उक्त रेडियोले तीन वर्षअगाडि रेडियोकै नाममा जग्गा खरिद गरेको थियो। रेडियो स्थापनाको नौ वर्षमा भएको कमाइले नयाँ जग्गा खरिद तथा भवन निर्माण गरिएको हो।

रेडियोले भवन निर्माणका लागि तीस लाख लागत लाग्ने अनुुमान गरेको छ। भवनको पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य दल रावलले शिलान्यास गरेका थिए भने सिमकोट रेडियो सञ्चालक समितिका सदस्य विजय भण्डारी र हस्तबहादुुर शाही पनि उक्त कार्यक्रममा सहभागी थिए।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्