हतियारसहित एक जना पक्राउ

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍ज कार्यालयका कर्मचारीको गस्ती टोलीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

टोलीले बर्दिया जिल्ला, बाँसगढी नगरपालिका–८ स्थित बनगाइँ इलाकाबाट लुकाई राखेको अवस्थामा बुधबार पक्राउ गरेको हाे ।

टाेलीका अनुसार पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्‍जको कार्यालयमा बुझाइएको छ।

मंसिर १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्