नवलपरासीमा जीप दुर्घटना हुँदा चारजनाकाे‍ मृत्यु, आठ घाइते

सांकेतिक तस्विर

मध्यबिन्दु- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को धौवादीमा जीप दुर्घटना हुँदा चारजनाकाे मृत्यु भएकाे छ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४-००१ ज- ०००६ नम्बरकाे जीप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएकाे हाे।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका-६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार-५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका-२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ।

घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन्।

जीपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले जानकारी दिए।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्