बाजुरामा कांग्रेसका बद्री १ हजार २ सयभन्दा बढी मतले अगाडि

फाइल तस्बिर।
काठमाडाैँ- बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।
उनले १ हजार २६९ मतले अग्रता कायम राखेका हुन्।
पछिल्लो मत परिणामअनुसार पाण्डेले ५ हजार ३९९ मत ल्याउँदा नेकपा एमालेका कर्णबहादुर थापाले ४ हजार १३० मत ल्याएका छन्।
मतगणना जारी नै छ।