दोलखामा माओवादी केन्द्रका गंगा कार्की १ हजार ७ सय मतले अगाडि

नेकपा एमालेका बालकृष्ण शिवाकाेटी र नेकपा माओवादी केन्द्रका गङ्गा कार्की।

काठमाडाैँ- दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

हालसम्म ४ हजार ४९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले २ हजार ९१० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १ हजार १८३ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दोलखाको प्रदेशसभा (१) मा तीन हजार नौ सय ६६ मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २ हजार १८३ मत तथा एमालेका नरबहादुर श्रेष्ठले १ हजार ३२७ मत ल्याएका छन्।

प्रदेशसभा (२) मा चार हजार चार सय ५३ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गरेका छन्। दोलखाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्