स्याङ्जा- २ (क) मा कांग्रेस विजयी

पाेखरा- स्याङ्जा क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन्।

शुक्रबार बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार १६१ मत प्राप्त गरी विजयी भएका हुन्।

कांग्रेस उम्मेदवार अर्यालले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मोहन रेग्मीलाई दुई हजार ७३० मतान्तरले पराजित गरेका हुन्। विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भएका रेग्मीले यसपटक १२ हजार ४३१ मत प्राप्त गरेका छन्।

स्याङ्जा-२ (१) मा गल्याङ नगरपालिकाका ६ र ७, भिरकोट नगरपालिकाका ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाका १, २, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ र १४ नं गरी १९ वडा पर्छन्।

विजयी अर्याल यसअघि वालिङ गाविसको अध्यक्ष र २०५४ सालमा वालिङ नगरपालिकाको नगर प्रमुख भइसकेका छन्।

 

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्