४३ करोड थान हजार दरका नोट छाप्ने जिम्मा भारतीय कम्पनीलाई

फाइल तस्बिर।
काठमाडौँ – एक हजार दरका ४३ करोड थान नेपाली नोट छाप्ने जिम्मा भारतको सकारी कम्पनीले पाएको छ।
भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडले एक हजार दरका नोट छाप्नेसहितको जिम्मा पाएको राष्ट्र बैंकले जनाएको हो।
नोट छपाइका लागि समझौता गर्ने गरी राष्ट्र बैंकले गत मंगलबार आसय पत्र जारी गरेको हो।
नोटको डिजाइन, छपाइ र ढुवानीको कामको जिम्मा भारतीय कम्पनीले एक करोड ११ लाख ३४ हजार ५०६ अमेरिकी डलरमा पाएको हो।
नोट छपाइको जिम्माका लागि ब्राजिल, फ्रान्स र चीनका कम्पनीले पनि निवेदन दिएका थिए।
तर सबैभन्दा कम रकममा छपाइका लागि भारतीय कम्पनीले इच्छा गरेकाले उसले नै जिम्मा पाएको राष्ट्र बैंकले उल्लेख गरेको छ।