काठमाडाैँ महानगरकाे सुकुम्बासी बस्ती हटाउने प्रयासमा भूमि आयाेगकाे राेक

काठमाडाैँ- राष्ट्रिय भूमि आयाेगले सुकुम्बासी बस्ती हटाउने काठमाडौँ महानगरपालिकाकाे प्रयासलाई राेक लगाउने तयारी गरेकाे छ।

आयोगले शुक्रबार सूचना जारी गर्दै काठमाडौँलगायत विभिन्न ठाउँमा रहेका नसुकुम्बासीलाई अहिले नै नहटाउने बताएकाे हाे।

काठमाडाैँ महानगरसहित देशभरका सम्पूर्ण स्थानीय तह र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्न/नगराउन याे सूचना प्रकाशित गरिएकाे आयाेगले जनाएकाे छ।

आयाेगले लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपूर्जा वितरणसम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल सञ्चालन गर्नेगरी आवश्यक तयारी गर्ने पनि सूचनामा उल्लेख गरेकाे छ।

आइतबार काठमाडौँ महानगरले थापाथलीको सुकुम्बासी बस्तीमा डोजरसहित नगर प्रहरी लैजाँदा तनावग्रस्त बनेको थियो। जसमा नगर प्रहरी प्रमुखसहित ढुंगा प्रहारबाट १८ जना घाइते भएका थिए।

सूचना:

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्