तीन महिनाभित्र नागरिकताको समस्या समाधान नभए एमालेले आन्दोलन गर्छ: रघुवीर महासेठ

जनकपुरधाम- नेकपा एमालेका सचिव रघुवीर महासेठले तीन महिनाभित्र नागरिकता समस्या समाधान नभए देशभरि आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रबार प्रेस चौतारी धनुषाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव महासेठले जन्मसिद्ध नागरिकका सन्तानलाई गठबन्धन सरकारले नागरिकता नदिए मधेस र देशभरि आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

उनले भने, ‘हामीले नागरिकता समस्या समाधान गर्न खोजेका थियौँ। अध्यादेश ल्याउँदा गठबन्धनका नेताहरूले आफ्नो वकिलमार्फत् त्यसविरुद्ध मुद्दा दर्ता गराएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनबाट बञ्चित गरे।’

सचिव महासेठ जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्नेमा एमाले सकारात्मक रहेको बताए ।

नागरिकता समस्या समाधान नभए नागरिकताको विषयलाई लिएर एमाले सरकार गठन भएको तीन महिनामा आन्दोलनमा जाने चेतावनीसमेत दिए।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्