दोलखामा एमालेका बालकृष्ण शिवाकाेटी १८ सय मतले पछाडि

फाइल तस्बिर।

काठमाडाैँ- दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले ३ हजार ६१८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले १ हजार ८०० मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

कार्की १ हजार ८१८ मतले अगि छन्।

हालसम्म ५ हजार ९७० मतगणना भएकाे छ।

जिल्लाको प्रदेशसभा (क) मा ४ हजार ७३३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २ हजार ५२५ मत तथा एमालेका नरबहादुर श्रेष्ठले १ हजार ६१६ मत प्राप्त गरेका छन्।

प्रदेशसभा (ख) मा ४ हजार ४९४ मतगणना हुँदा एमालेका भरत केसीले २ हजार १८५ र कांग्रेसका बर्मा लामाले १ हजार ८५७ मत प्राप्त गरेका छन्।

जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियो। बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो।

जिल्ला ९४ मतदानस्थल र १९५ मतदान केन्द्र थिए। कूल एक लाख ६१ हजार ४५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

मंसिर १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्