बैकिङ कसूरका फरार अपराधी पक्राउ

सांकेतिक तस्बिर
काठमाडाैँ- सिन्धुपाल्चाेकमा बैकिङ कसूरमा फरार अपराधी पक्राउ परेका छन्।
उच्च अदालत पाटनको मिति २०७७।१०।०६ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा कैद ७ दिन र जरिवाना चार लाख सजायँ भई फरार रहेका सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- १ बस्ने वर्ष ४२ को सरोज कामी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चाेकबाट खटिएकाे प्रहरी टोलीले मिति बुधबार बेलुका पाँच बजेको समयमा काठमाडाैँकाे मुलपानीस्थितबाट पक्राउ गरेकाे सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथाेकीले जानकारी दिए।
पक्राउ परेका कामीलाई सिन्धुपाल्चाेक अदालतमा पेश गरिएकोमा अदालतले निजलाई लागेको कैद र जरिवाना सजाय असुलका लागि मिति २०७९।०८।१५ गते जिल्ला कारागार चौतारा चलान गरिएको छ।